राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तिरक विवाद थप बढ्दै गएको छ।
अध्यक्ष राजेन्द्र लिङदेनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका छन्।
प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमार्फत गिरीलाई पदमुक्त गरेको जानकारी गराइएको हो।

प्रकाशित: २ श्रावण २०८२ १७:४६ शुक्रबार





