२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका गाँजाखेतीले पायो कानुनी मान्यता

गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजाखेतीले कानुनी मान्यता पाएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाबाट पुनःपारित ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक’ सोमबार प्रमाणीकरण गरेका हुन्।

उक्त विधेयक गत असार २५ गते गण्डकी प्रदेशसभाबाट पारित भएको थियो। तर प्रदेश प्रमुख भट्टले केही विषयमा पुनःविचार गर्नुपर्ने भन्दै साउन ८ गते सन्देशसहित विधेयक प्रदेशसभामा फिर्ता पठाएका थिए।

प्रदेशसभाले आवश्यक छलफलपछि गत शुक्रबार विधेयक पुनःपारित गरी सोही दिन प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। प्रदेश प्रमुखले सोमबार उक्त विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिए।

विधेयक प्रमाणीकरणसँगै अब गण्डकी प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती, यसको नियमन तथा उपयोग कानुनी व्यवस्थाअनुसार सञ्चालन गर्न सकिने भएको छ।

प्रकाशित: १८ श्रावण २०८३ २१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App