१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रिमण्डलको कार्यविभाजन हेरफेर : प्रधानमन्त्रीलाई तीन मन्त्रालयको जिम्मेवारी

श्रममन्त्री साह पदमुक्त

राष्ट्रपति कार्यालयले मन्त्रिमण्डलको कार्यविभाजन हेरफेर गरेको छ । 

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज (बिहीबार)मात्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेपछि राष्ट्रपति कार्यालयले मन्त्रिमण्डलको कार्यविभाजन हेरफेर गरेको हो ।  

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अब प्रधानमन्त्री बालेनसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक तीन मन्त्रालयको जिम्मेवारी छ ।

यसअघि रक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि सम्हालिरहेका प्रधानमन्त्री बालेनलाई अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि थपिएको हो । अन्य १३ जना मन्त्रीलाई भने साबिककै जिम्मेवारीमा कायम राखिएको छ ।

प्रकाशित: २६ चैत्र २०८२ १७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App