२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

ओलीको प्रशंसामा भट्ट, भन्छन्: उहाँलाई समर्थन गर्नु व्यक्ति-पूजा होइन, आवश्यकता हो

एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव लेखराज भट्ट।

नेकपा (एमाले) का सचिव लेखराज भट्टले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन्। शुक्रबार (आज) प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरीय प्रशिक्षण तथा दोस्रो पूर्ण बैठकलाई कञ्चनपुरको महेन्द्रनगरमा सम्बोधन गर्दै उनले अध्यक्ष ओलीको प्रशंसा गरेका हुन्।

उनले ओलीलाई समर्थन गरिएको विषयलाई देवत्वकरण भन्न नमिल्ने बताए। ओलीसँग अद्भुत क्षमता रहेको उल्लेख गर्दै भट्टले भने, 'ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्ति-पूजाबाट प्रेरित भएको होइन। उहाँजस्तो खट्ने, सपना देख्ने र सक्रिय रहने अरू नेता नेपालमा छैनन्।'

उनले अहिले एमाले वैचारिक तथा सैद्धान्तिक रूपले कम्युनिष्ट आन्दोलनको केन्द्र भएको पनि बताए। पार्टीलाई ओलीले एक नम्बर बनाउने दाबी गर्दै भट्टले भने, 'राष्ट्रियताका लागि अहिलेको नेतृत्व केपी ओली हो र हुनुहुन्छ । शक्ति, संगठन र समर्थनमा एमाले एक नम्बर पार्टी हो।’

भट्टले एमालेभित्र केही समस्याहरू विद्यमान रहेको स्वीकारे। त्यसको सुधारका लागि उनले पार्टीका सबै नेता/कार्यकर्ताहरूलाई आह्वानसमेत गरेका छन्। 

प्रकाशित: २३ श्रावण २०८२ १४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App