१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

उपत्यकाबाहिर पनि नेपाल छ भन्ने सरकारलाई हेक्का रहोस: हर्क साङपाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले उपत्यकाबाहिर पनि नेपाल छ भन्ने हेक्का सरकारलाई हुनुपर्ने बताएका छन् ।  

प्रतिनिधि सभाको आजको बैठकमा साङपाङले सरकारले निर्णय गर्नुभन्दा अघि अध्ययन गरेर सोचविचार गरेर अघि बढ्नु पर्ने बताए । निर्णय गरेर पछि हट्नुको साटो विचार पुर्‍याएर सरकारले गर्नुपर्ने सुझाव उनले सरकारलाई दिए ।  

ब्रीज कोर्षसहितका विषयमा शिक्षा मन्त्रालयले लिएको निर्णय, वृद्धभत्ताको वितरणमा उमेरका विषयमा चलेका विषयमा पनि सोच विचार गरेरमात्र निर्णय लिनुपर्ने बताए ।  

प्रकाशित: १९ चैत्र २०८२ १५:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App