२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

बैंककबाट फर्किएर गगनले भने: विभिन्न देश र कम्पनी नेपालसँग काम गर्न इच्छुक पाएँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापा थाइल्यान्ड भ्रमणबाट फर्किएका छन्। थाइल्यान्डमा आयोजित ‘एसिया क्लाइमेट समिट’मा भाग लिन असार २५ गते गएका महामन्त्री थापा शनिबार स्वदेश फर्किएका हुन्। 

‘थाइल्यान्डमा आयोजित एसिया क्लाइमेट समिटलाई सम्बोधन गरेर नेपाल फर्किएको छु,’ स्वदेश फर्किएपछि थापाले भनेका छन्, ‘पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापारको लाभ सबैलाई समान रूपमा वितरण गर्नुपर्छ भन्ने मेरो जोड रह्यो।’ 

विगतको ‘क्लिन डेभेलोपमेन्ट मेकानिज्म(सिडिएम))मा नेपालले अपेक्षित लाभ लिन नसकेको उनले बताए। ‘यस पटक भने विगतका गल्तीहरू नदोहो¥याउने गरी कार्बन व्यापारसँग सम्बन्धित काम गर्ने हाम्रो चाहना रहेको कुरा मैले जानकारी गराएँ,’ उनले लेखेका छन्। 

नेपालसँग कार्बन क्रेडिटमार्फत विकास वित्तको ठुलो अवसर रहेको बताउँदै थापाले भनेका छन्, ‘हाम्रो वन–जंगल, नवीकरणीय ऊर्जा र दिगो परियोजनाहरूले कार्बन व्यापारमा महत्त्वपूर्ण योगदान दिन सक्छ।’ आफूले सम्मेलनमा विभिन्न देश र कम्पनीहरू नेपाल सरकार र निजी क्षेत्रसँग काम गर्न अत्यन्त इच्छुक रहेको महसुस गरेको उनले भनेका छन्। 

‘तर, यो विषय समय–संवेदनशील भएकाले ढिलाइ गर्नुहुँदैन। यसका लागि हामीले आफ्नो तर्फबाट गर्नुपर्ने कामहरू छिटो सम्पन्न गर्न जरुरी छ। यसका लागि काममा जुट्नुपर्ने छ,’ थापाको भनाई छ। 

प्रकाशित: २८ असार २०८२ १८:०४ शनिबार

#Gagan thapa #Climate change #NagarikNews