बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आगामी निर्वाचनमा विद्यालय र बालबालिकालाई प्रयोग नगर्नका निम्ति निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ध्यानाकर्षण गराएको छ।
सात प्रदेशका ५० जिल्लाका १०७ वटा सदस्य संस्था भएको विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन् बालबालिका राष्ट्रिय गर्व हुन् भन्ने अभियानमा सन् २००० देखि नै बालअधिकारको संरक्षण सम्बर्धनमा काम गर्दै आइरहेको सिजपले आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रबिन्दुमा राखी बालबालिका सम्बन्धी ऐन निर्वाचन आचार संहिता राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई समेत आधार मानी कुनै पनि राजनीतिक पार्टीले १८ वर्षभन्दा मुनिका बालबालिकालाई निर्वाचनका कुनै पनि गतिविधिहरुमा सहभागी नगराउन भन्ने व्यवस्थालाई प्रभावकारी अनुगमनको निम्ति आयोगलाई अनुरोध गरेको छ।
सन्जालका अध्यक्ष तिलोतम पौडेलको नेतृत्वमा उपाध्यक्ष हेमराज जोशी सदस्य शान्ता दाहाल लगायतको टोलीले कार्यबाहक प्रमुख निर्वाचन आयुक्तलाई भेटी उक्त ध्यानाकर्षण गराएको हो। प्रमुख आयुक्त रामचन्द्र भण्डारीले निर्वाचनको आचारसंहिता भित्र रहेर बालबालिकाको प्रयोग हुन नदिने तर्फ आयोग सचेत रहेको र कुनै पनि राजनीतिक दलले विद्यालय र बालबालिकालाई प्रयोग गर्न नहुने बताउँदै नागरिक संघसंस्थाहरूबाट निर्वाचनलाई सफल पार्न योगदानको अपेक्षा रहेको बताए।
विगतको तुलनामा यसपटक अझै बालबालिकालाई निर्वाचनमा प्रयोग हुन नदिन प्रभावकारी अनुगमन गर्ने बताउँदै यसमा राजनीतिक पार्टी र सबै सरोकारवालाहरूले समेत सहयोग गर्नुपर्ने बताए।
प्रकाशित: १ मंसिर २०८२ १७:४३ सोमबार





