२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

‘लेटर अफ एक्सचेञ्ज’मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरिने

फाइल तस्बिर

सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयनसम्बन्धी चीन सरकारसँग ‘लेटर अफ एक्सचेञ्ज’मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

आज पत्रकार सम्मेलनमार्फत यही साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्न सरकार तयार रहेको जानकारी दिए।

उनले साउन १३ देखि १५ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने ‘प्रमोटिङ एग्रो इकोलोजिकल एप्रोच फर सस्टेनेबल ट्रान्सफर्मेसन अफ एग्री–फुड सिस्टम्स इन’ साउथ एसिया कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य गङ्गादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको बताए।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने सरकारको निर्णय रहेको जानकारी दिए।

सञ्चारमन्त्री गुरुङका अनुसार यही साउन ८ देखि १० गतेसम्म चीनको सान्दोङ प्रान्तमा आयोजना हुने ‘इन्टरनेशनल कन्फरेन्स अन रिड्युसिङ फुड लस एन्ड वेस्ट’मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने सेकेन्ड युनाइटेड नेशन्स ‘फुड सिस्टम समिट स्टकटेक’ (युएनएफएसएस प्लस ४) मा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, साउन ६ गते नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत गृह सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने, भारतीय सेनाले आयोजना गर्ने १३४औं ‘एडिसन अफ डुरन्ड’ कप फुटबल टुर्नामेन्टको ओपनिङ सम्मेलन र नेपाली सेनाको फुटबल टिमको साउन ७ र ८ गते हुने ‘ओपनिङ म्याच’मा सहभागी हुन नेपाली सेनाका उपरथी ध्रुवप्रकाश शाहलाई स्वीकृति दिने, नेपाली सेनाका एक जना सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने सरकारका निर्णय रहेका छन्।

यसैगरी, साउन ७ देखि १५ गतेसम्म जिम्बावेमा आयोजना हुने १५ औं ‘मिटिङ टु द कन्फरेन्स अफ द कन्ट्रयाकटिङ पार्टीज टु द कन्भेन्सन अन वेटल्यान्ड्स कप’मा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री रूपा विकलाई स्वीकृति प्रदान गर्ने, नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले यही साउन २ गतेदेखि लागू हुनेगरी पेस गरेको स्वच्छिक अवकाश स्वीकृत गर्ने निर्णय गरिएको उनले उल्लेख गरे। रासस

प्रकाशित: ७ श्रावण २०८२ १५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App