राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
राष्ट्रपतिसमक्ष अस्ट्रेलियाका राजदूत साइमन अर्नष्ट, साउदी अरबका राजदूत फाद मोहम्मद आज्मी मङ्खिर र चीनका राजदूत चाङ माओमिङले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। उनीहरू आवासीय राजदूत हुन्।
त्यसैगरी, राष्ट्रपतिसमक्ष मालदिभ्सका राजदूत आइसाथा अजिमा र तुर्किएका राजदूत अली मुरत इस्र्वेले पनि आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
उनीहरू नेपालका लागि गैर आवासीय राजदूत हुन्।
प्रकाशित: १२ फाल्गुन २०८२ १७:१७ मंगलबार





