१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसका वागी पौडेलले त्यागे उम्मेदवारी: अब बास्तोलालाई सघाउने

कास्की–२ मा नेपाली कांग्रेसका वागी उम्मेदवार निर्दोष विक्रम पौडेलले उम्मेवारी त्यागेका छन् । कांग्रेसबाट विद्रोह गरेर वागी उम्मेदवारी दिएका उनले विज्ञप्ति जारी गर्दै उम्मेदवारी त्यागेको घोषणा गरेका हुन् ।

जेन-जी आन्दोलनपछि पनि कांग्रेसले नचेतेको भन्दै उनले वागी उम्मेदवारी दिएका थिए । कास्कीका ३ वटै क्षेत्रमा युवा र महिलालाई उम्मेदवार नबनाएको प्रति उनी आक्रोषित थिए । उम्मेदवारी त्यागेका उनको उम्मेदवारी निस्कृय हुनेछ । उम्मेदवारी फिर्ता गर्ने समय घर्किएकाले उम्मेदवारी कायम रहने प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । ‘उहाँको चुनाव चिह्न यथावत रहन्छ’, उनले भने,‘मतपत्र छापिएर आइसकेको छ, मत आयो भने गणना पनि हुन्छ ।’ तर पौडेलले अबदेखि आफ्नो लागि मत भने नमाग्न पाउँछन् ।

उम्मेदवारी त्यागेका पौडेलले कांग्रेस–२ का आधिकारिक उम्मेदवार मधु बास्तोलालाई समर्थन गरेको जनाएका छन् । समसामयिक राजनीतिक परिस्थिति, लोकतन्त्रको रक्षा र दीर्घकालीन हितलाई मध्यनजर गर्दै आफूले कांग्रेसका आधिकारिक उम्मेदवार बास्तोलालाई समर्थन गर्दै उम्मेदवारी त्यागेको जनाएका छन् ।

बास्तोलाको प्रतिबद्दता र आफ्नो एजेण्डा मिलेकाले उनलाई समर्थन गर्दै उम्मेदवारी त्यागेको उनले प्रष्ट्याएका छन् । साझा उद्देश्यका लागि सहकार्य आवश्यक रहेको जनाउँदै उनले भनेका छन्,‘युवाको सम्मान, अवसर र सुरक्षित भविष्यका लागि राजनीतिमा सकृय हुनेछु ।’

उनले पार्टी नसुध्रिए आगामी दिनमा पनि विद्रोह गर्ने चेतावनी दिएका छन् । जनताको आवाज उठाउने दायित्वबाट पछि नहट्ने उल्लेख गर्दै उनले भनेका छन्,‘जनताको आवाज नसुने, युवामाथि खेलवाड गरियो वा भ्रष्टाचार र सत्ता मोह हावी भयो भने खबरदारी गर्न पछि हट्दिनँ ।’

प्रकाशित: १२ फाल्गुन २०८२ १८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App