२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

देउवासँगको भेटपछि शशांकले भने- पार्टी ‘ब्रेक’ गर्नु हुँदैन, मिल्ने प्रयास हुँदैछ

फाइल।

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कुनै पनि हालतमा पार्टी विभाजन नहुने दाबी गरेका छन्।

सोमबार पार्टी सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

उनले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि सहमतिको प्रयास भइरहेको जानकारी दिए। नेता कोइरालाले भने, ‘मिल्नका लागि प्रयास हुँदैछ। पार्टी कुनै हालतमा ‘ब्रेक’ (विभाजन) गर्नु हुँदैन भन्ने हाम्रो धारणा हो।’

कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएपछि पार्टी राजनीति तरङ्गित बनेको छ।

यही सन्दर्भमा संस्थापन र असन्तुष्ट पक्षबीच सहमतिको विन्दु खोज्न नेताहरू सक्रिय भएका छन्। सोही क्रममा कोइरालाले सभापति देउवासँग छलफल गरेका हुन्।

प्रकाशित: २८ पुस २०८२ १७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App