२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

हिरासतमुक्त भएपछि सफलले भनेः बाघ बाहिरै ठिक छ भनेर छाडिदियो

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध बोल्दा पक्राउ परेका युवराज पौडेल ‘सफल’ हाजिरी जमानीमा छुटेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार राति उनलाई हाजिरी जमानीमा छाडेको हो।  

‘म सर्वोच्च जाने तयारीमा रहेका बेला सिआइबीका प्रहरी साथीहरू आएर जानुप¥यो भन्नुभयो। म गएँ,उहाँहरूले सम्मानपूर्वक लैजानुभयो। एक रात हिरासतमा बसेँ,’ उनले भने,‘बाघ धेरै खोरमा थुनिँदैन। बाघलाई बाहिर ठिक छ भनेर छाडिदियो।’  

महान्यायाधिवक्ता सविता भण्डारीले रास्वपा सभापति लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिनेगरी निर्णय गरेकी थिइन्। सोबारे सफलले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द, गालीगलौजको भाषा बोलेको आरोप लागेको थियो।  

महान्यायाधिवक्ता कार्यालयले नै सफलमाथि आवश्यक कानुनी कारबाही गरिदिन भन्दै केही दिनअघि प्रहरीलाई पत्राचार नै गरेको थियो। सोही कारण उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो।

याे पनि पढाैँः  रविको मुद्दा फिर्ता लिएको विषयमा बोल्दा युवराज सफल पक्राउ | Nagarik News

प्रकाशित: १५ माघ २०८२ १५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App