१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको चाहिन्छ : उपेन्द्र यादव

फाइल तस्बिर

जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको आवश्यकता रहेको जिकिर गरेका छन्।

सप्तरीको राजविराजमा बुधबार आयोजित नवनिर्वाचित जिल्ला कमिटीको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रममा अध्यक्ष यादवले यस्तो जिकिर गरेका हुन्। उनले प्रदेशको अधिकारविहीन र कानुनविहीन बनाइएको आरोप पनि लगाएका छन‍्।

यस्तै त्रुटिपूर्ण रहेको संविधान संशोधन गरी पुनर्लेखन गर्नुपर्ने पनि बताए। १० वर्ष अगाडि नेपालको संविधान संशोधन गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ।

उनले संविधानमा अहिले पनि मधेसी, थारु, मुश्लिम, दलित, आदिवासी, जनजाति, सीमान्तकृत समुदायलगायत कतिपय समस्या सम्बोधन हुन बाँकी रहेको चर्चा गर्दै समस्यालाई सच्च्याएर अघि बढ्न संविधान संशोधन नै आवश्यक रहेको बताए।

प्रकाशित: २९ श्रावण २०८२ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App