२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

तनहुँ बस दुर्घटना: घाइते १५ जनाकै पहिचान खुल्यो (नामावलीसहित)

तनहुँको व्यास नगरपालिका-७ कलेस्ती पुलमा शनिबार दिउँसो भएको बस दुर्घटनाका घाइतेहरूको संख्या १५ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा परी घाइते भएका सबै १५ जनाको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा बसका चालक व्यास–२ का २६ वर्षीय शम्शेर परियार गम्भीर घाइते भएका छन्। उनको बायाँ खुट्टा, छाती, घाँटी र टाउकोमा चोट लागेको भए पनि अवस्था खतरामुक्त र बोल्न सक्ने रहेको अस्पताल स्रोतले जनाएको छ। बसमा सवार अन्य १४ जना यात्रुहरूको अवस्था भने सामान्य छ।

प्रहरीका अनुसार दुर्घटनापछि अवरुद्ध बनेको दमौली-भोर्लेटार सडक खण्ड अहिले पूर्ण रूपमा सुचारु भइसकेको छ। कलेस्ती खोलाको पुलमा ठोक्किएको ग १ ख ६४६५ नम्बरको बसलाई सडकबाट सुरक्षित रूपमा हटाउने कार्य भइरहेको छ।

घाइतेहरूको विवरण:

१. शम्शेर परियार (२६ वर्ष, चालक) - व्यास–२, तनहुँ (बायाँ खुट्टा, छाती, घाँटी र टाउकोमा चोट, गम्भीर तर बोल्न सक्ने)
२. श्रीमाया परियार (६० वर्ष) - व्यास–४, तनहुँ (निधारमा चोट, सामान्य)
३. शान्ता गौतम (३५ वर्ष) - मध्यनेपाल–१, लमजुङ (निधार र दायाँ हातमा चोट, सामान्य)
४. निरा गौतम (३२ वर्ष) - मध्यनेपाल–४, लमजुङ (मुखमा चोट, सामान्य)
५. सुस्मिता शाही (२९ वर्ष) - मध्यनेपाल–४, लमजुङ (अवस्था सामान्य)
६. चन्द्रमाया गुरुङ (६० वर्ष) - व्यास–११ थुम्की, तनहुँ (निधार र दुवै हातमा चोट, सामान्य)
७. अनिता गुरुङ (४७ वर्ष) - व्यास–२, तनहुँ (अवस्था सामान्य)
८. बिन्दु गुरुङ (४९ वर्ष) - व्यास–२, तनहुँ (बायाँ हात र दुवै घुँडामा चोट, सामान्य)
९. स्वस्तिकला खनाल (५० वर्ष) - रुपा गाउँपालिका–१, कास्की (बायाँ घुँडा र दाहिने हातमा चोट, सामान्य)
१०. सुजिता पौडेल (२७ वर्ष) - व्यास–६, तनहुँ (बायाँ घुँडा र गालामा चोट, सामान्य)
११. सान्भी गिरी (८ वर्ष) - व्यास–१, तनहुँ (दाहिने गालामा चोट, सामान्य)
१२. दीपा खान (४० वर्ष) - व्यास–१, तनहुँ (बायाँ हात र खुट्टामा चोट, सामान्य)
१३. सीता नेपाली (५१ वर्ष) - व्यास–१, तनहुँ (अनुहारमा चोट, सामान्य)
१४. हीरा मल्ल (३५ वर्ष) - व्यास–१, तनहुँ (निधारमा चोट, सामान्य)
१५. नुनीमाया थापा (४४ वर्ष) - व्यास–१, तनहुँ (नाक र मुखमा चोट, सामान्य)

प्रकाशित: ५ श्रावण २०८३ १७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App