२ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

रेसम चौधरीको बयान: मान्छे नमार्ने थारु हत्यारा, मारेको स्विकार्ने सत्तामा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसम चौधरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरेर खरो भाषण दिएका छन्। शनिबार  काठमाडौंमा आयोजित दलित, पिछडा वर्ग, थारु, आदिवासी र अल्पसङ्ख्यकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै चौधरीले आफूलाई हत्यारा भनेकामा चित्त दुखाए। 

‘कहिलेकाहीँ सामाजिक सञ्जाल हेर्छु, मार गाली गर्छन् मलाई। टीकापुरमा मान्छे छैन, सबभन्दा ठुलो हत्याराको बिल्ला भिरेको छु। बच्चाको बाबुआमा बिहान बेलुका मसँग हुनुहुन्छ। मेरो परिवारको बच्चा म¥यो, मलाई भन्छन्–बच्चाको हत्यारा–हत्यारा,’ रेसमले भने, ‘हामी मान्छे नमार्ने थारुहरू हत्यारा भयौँ, मान्छे मार्नेहरू उनैसँग छन् फेरि। सँगसँगै छन्, उनले मा¥यौँ पनि भन्छन्, बडा पीडा छ दाइ, न्याय मरेको देश। न्याय त छँदै छैन।’ 

यस्तोमा अब विद्रोह गरौँ भन्दा पनि ‘केका लागि गर्ने ? कसलाई मार्न गर्ने?’ भन्ने आफूलाई लाग्ने गरेको उनले बताए।  

प्रकाशित: २८ असार २०८२ १९:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App