६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

लिङ्देनको ‘कार्यशैली’ले राप्रपामा रडाको, असन्तुष्ट समूहको छुट्टै भेला

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मा अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै विवाद चुलिएको छ। असन्तुष्ट समूहले शनिवार नक्सालमा छुट्टै भेला समेत राखेको स्रोतले बतायो। 

छुट्टै भेलामा पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवल शमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरि, महामन्त्री कुन्तीकुमारी शाहीलगायतका दर्जनौँ नेता सहभागी भएको राप्रपा स्रोतले बतायो। 

केही दिन अघि मात्रै अध्यक्ष लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए। यस्तै पछिल्लो समय चलेको राजावादी आन्दोलनका संयोजक बनाइएका नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर रिक्त पदमा रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए।

यही विषयमा राप्रपाको विवाद पेचिलो बनेको बताइएको छ। असन्तुष्ट समूहले अध्यक्ष लिङ्देनले अवैधानिक तवरबाट उक्त निर्णय गरेको आरोप लगाएको छ। 

प्रकाशित: २८ असार २०८२ १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App