९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

जनताले मलाई प्रधानमन्त्री बन्नुस् भनेका छन्ः प्रकाशमान सिंह

फाइल तस्बिर।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताएका छन्।

बुधबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले उपप्रधानमन्त्री बनाइसकेको र अब पनि चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रुपमा देख्न चाहेको बताएको जानकारी दिए।

उनले विगतका चुनावमा भन्दा यस पटकको चुनावमा जनताले राम्रो प्रतिक्रिया दिइरहेको भन्दै आफूले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कामहरु उल्लेख्य गरेको बताए। ‘चौथो पटकको चुनाव भिड्न लागिरहेको बेलामा मलाई जनताले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ’ उनले भने ‘मलाई के भन्नुभएको छ भने हामीले चुनेर पठाएर तपाई उपप्रधानमन्त्रीसम्म बन्नुभयो, हामी फेरि पनि चुन्छाैँ, तपाई प्रधानमन्त्री हुनुपर्‍यो भनिरहेका छन्। अधिकांशले भनेका छन्।’

उनले जनताले काठमाडौं, १ मा खानेपानीको समस्या समाधान गर्नेकुरा पहिलो माग राखेको बताउनु भयो। गुणस्तरयुक्त शिक्षा र स्वास्थ्य सेवाको विकास गर्न पनि मतदाताले माग गरेको उनले बताए। आसन्न निर्वाचनमा जित हाँसिल गरेपनि आफ्नो पहिलो काम खानेपानीको समस्या समाधान गर्ने र सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा समानता ल्याउने रहेको उनको भनाइ छ।

उनले शिक्षामा समानताका लागि संघीय शिक्षा ऐन बनाउँदा जोड दिने पनि बताए। ‘खानेपानी कहिले भनिरहेका छन्। स्वास्थ्य, शिक्षाको सेवा राम्रो हुनुपर्छ भन्ने छ। शिक्षाको गुणस्तरमा समानता ल्याउन हामी हेर्नेछौँ’, उनले भने ‘सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा फरक भएकाले अब समान बनाउने काम हामी गर्नेछौँ। संघीय शिक्षा ऐन बनाउँदा त्यसमा हामी बढी जोड दिनेछौँ।’

प्रकाशित: ३० कार्तिक २०७९ ०४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App