११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको मुद्दा आज पनि हेर्दाहेर्दैमा

५२ संवैधानिक निकायको नियुक्ति प्रक्रियाविरुद्ध दायर मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

बहस नसकिएपछि आगामी आइतबार अर्थात बैशाख ७ गतेका लागि अर्को पेशी तोकिएको छ।

२०७७ मङ्सिर ३० र त्यसपछि गरेर तत्कालीन प्रधानमन्त्री एवम संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी सिफारिस गरेको थिए ।

प्रकाशित: ३ वैशाख २०८२ १८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App