२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

६ हजार पाँंच सय मतको अन्तरले जित्छु: थापा

सता गठबन्धनकोतर्फबाट भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदबार बनेका दुर्लभ थापाले आफू ६ हजार पाँंच सय मतको अन्तरले विजयी हुने दाबी गरेका छन्।  

मंगलबार पत्रकार सम्मेलनमा उनले कांग्रेस एक्लैको मत दुई तीन हजार बढी रहेकोमा यसमा माओवादी र नेकपा एसको मत जोड्दा ६ हजार पाँंच सयले अगाडि रहेको दाबी थापाले गरे।  

पछिल्लो स्थानीय निकायलाई आधार बनाइ उनले उक्त तथ्यांक पेश गरेका हुन्। भक्तपुर क्षेत्र नं २ मा दुई वटा नगरपालिकाहरु पर्दछन्। यहाँं मध्यपुर थिमि र सूर्यविनायक गरी दुई वटा नगरपालिका छन्। पछिल्लो स्थानीय निकायको निर्वाचनमा मेयरमा मध्यपुर थिमिमा कांग्रेसले जित निकालेको हो भने सूर्यविनायकमा एमालले जित निकालेको थियो। तथापि दुवै नगरपालिकाको मत जोड्दा एमाले भन्दा कांग्रेसको मत वढी देखिएको हो। यो चुनावमा दुवै नगरपालिका क्षेत्रमा गरी कांग्रेसले कुल २८ हजार तीन सय ३० मत प्राप्त गरेको थियो।  

थापाले भक्तपुर क्षेत्र नं २ मा पहिलादेखि नै निरन्तर कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पालैपालो जित्दै आएकोमा यो पटक कांग्रेसको पालो परेको बताए।  

प्रजातन्त्र पुनस्थापनापछि यो निर्वाचन क्षेत्रमा २०४८ सालमा नेपाली कांग्रेसले जितेको थियो। त्यसपछि २०५१ को मध्यावधीमा नेमकिपाले जित निकाल्यो। यसपछि २०५६ सालमा फेरि नेपाली कांग्रेस विजयी भयो। यसपछि २०६४ मा फेरि नेमकिपाले जित हासिल निकाल्यो।  

यसपछि फेरि २०७० मा नेपाली कांग्रेसले विजयी हासिल गरयो। यसरी यो क्षेत्रमा नेपाली कांग्रेसले तीन पटक र नेमकिपाले दुई पटक जित निकाल्यो। २०७४ सालमा भने नेकपा एमालेले विजयी हासिल गरेको थियो। यस हिसावले यस पटक २०७९ मा पुनः कांग्रेसको पालो भएको थापाको भनाइ थियो। थापाले आफूले जितेपछि भक्तपुरका सांसद अपहरणकारी भन्ने दाग मेटाइदिने बताए।

प्रकाशित: २९ कार्तिक २०७९ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App