९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

हामी पार्टीलाई भन्दा गठबन्धनलाई अघि राखेर बढिरहेका छौँः प्रकाशमान सिंह

फाइल तस्बिर।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित हाँसिल गर्ने दाबी गरेका छन्।

शुक्रबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो कार्यक्रममा उनले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको बताएका हुन्। उनले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर र आधार मानेर हामी अघि बढिरहेको पनि उल्लेख गरे। संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिन गठबन्धनलाई जिताउन आवश्यक भएको उनको भनाइ थियो। ‘हामीले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर आधार मानेर हामी अघि बढिरहेका छौँ’ उनले भने, ‘संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिनुप¥यो भन्नेकुरा, गठबन्धन किन बन्यो भन्नेकुरा संविधानलाई रक्षा गर्न बनेको हो।’

नेता सिंहले आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रियाहरुलाई अघि बढाउने दाबी गरे। उनले आम मतदाताले विगतमा र अहिलेको शासन पद्धतिमा फरक के छ भन्ने प्रश्न गरिरहेको बताउँदै त्यसलाई सम्बोधन गर्न बिरलिएका मुद्दाहरुमा तीन तहकै सरकारले पूर्ण रुपमा काम गर्न पाउने काम गर्न चाहेको बताए। उनले भने, ‘अहिलेको निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रियाहरुलाई अघि बढाउने र जनतालाई बिरलिएका मुद्दाहरुमा तीन तहकै सरकारले पूर्ण रुपमा काम गर्न पाएभने केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के हो भन्नेकुरा जनताले महशुस हुनेगरी काम गर्न चाहेका छौँ।’

नेता सिंहको घरदैलो कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि भोट माग्नका लागि सहभागी बनेका थिए। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ सहित देशभर नै यतिबेला आस्न्न निर्वाचनमा जित सुनिश्चितता लागि मत माग्दै विभिन्न राजनीतिक दलहरु प्रचारप्रसारमा व्यस्त छन्।

प्रकाशित: २५ कार्तिक २०७९ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App