१६ चैत्र २०८० शुक्रबार
राजनीति

चुनावमा गरेका ८० प्रतिशत प्रतिबद्धता पूरा गरेँ: पर्यटनमन्त्री श्रेष्ठ

फाइल तस्बिर।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७४ को निर्वाचनमा आफूले गरेका  प्रतिबद्धता मध्ये ८० प्रतिशत भन्दा धेरै पूरा गरेको बताएका छन्। 

काठमाडौँको एक शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा पुर्वाधार विकासतर्फ आफूले गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको बताउँदै आगामी दिनमा उक्त क्षेत्रलाई पर्यटकीय नमूना स्थल बनाउने प्रतिबद्धता व्यक्त गरे।  

निर्वाचन क्षेत्रभित्र सडक निर्माण, खानेपानी आयोजनाहरु, सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण-संरक्षण र विकास, चमती जग्गा एकीकरण आयोजना, मनोरञ्जन पार्कहरु निर्माण, सडक पुल,  झलुङ्गे पुल तथा आकाशे पुलहरु निर्माण तर्फ अधिकांश चुनावी प्रतिवद्धता पुरा गरेको उनले बताए।  

आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्वर ८ बाट बाम(लोकतान्त्रिक गठबन्धनको उम्मेदवार समेत रहेका मन्त्री श्रेष्ठले बसन्तपुर( स्वयम्भु( ह्वाइट गुम्बालाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताए। विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको क्षेत्रलाई साँस्कृतिक केन्द्रका रुपमा विकास गर्ने र त्यसको प्रत्यक्ष लाभ स्थानीयबासिन्दाले पाउने व्यवस्था गरिने उनको भनाइ छ। सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउने उनले बताए। 

स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गराउने योजना अनुसार आफ्नो क्षेत्रमा स्थानीय पथप्रदर्शक तालिम तथा होमस्टे तालिमलाई अभियानका रुपमा अघि बढाएको उनले बताए। पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले पर्यटन दशकको अवधारणा अघि बढाएको समेत उनले बताए।पर्यटन नै नेपालको आर्थिक विकासिको दीगो स्रोत भएको र कोभिड– १९ पछि थलिएको पर्यटनलाई पुनरुत्थान गर्न  आफूले ‘पर्यटन दशक २०२३–२०३३’ को अवधारणा अगाडि ल्याएको उनको भनाइ छ।

प्रकाशित: ६ कार्तिक २०७९ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App