३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौँ–५ मा एमालेका पोखरेल, काँग्रेसका पौडेल र स्वतन्त्रकी रञ्जु दर्शनाबीच त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौँ ५ मा नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेल, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नियमित यही क्षेत्रबाट चुनाव लडिरहेका छन्। अघिल्लो निर्वाचनका प्रतिनिधिसभा सदस्य पोखरेल यस पटक पनि यही क्षेत्रमा आएका हुन्।  

यता तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरिरहेका काँग्रेसका युवा नेता पौडेललाई गठबन्धनको भागबण्डा मिलाउने क्रममा काठमाडौँ ५ मा ल्याइएको छ। पार्टीले उनलाई काठमाडौँ ५ बाट उठाउने निर्णय गरेको हो।  

यसैगरी अघिल्लो स्थानिय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरकी उम्मेदवार रञ्जु दर्शना पनि यही क्षेत्रबाट उठ्ने तयारी गरिरहेकी छिन्। उनले स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दिने भएकी छिन्। दर्शनाले मेयरको चुनावमा राम्रो मत प्राप्त गरेकी थिइन्।

प्रकाशित: २३ आश्विन २०७९ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App