२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्वास्थ्य मन्त्री यादवले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

प्रदेश १ का स्वास्थ्मन्त्री जयराम यादवले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन्। 

संघीयता कार्यान्वयनका लागि भन्दै आइतबार यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर राखेका हुन्।  

यादवले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल– जिन्दावाद। राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र  मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो। पहिचानसहितको संघीय अभिभावादन !’

प्रकाशित: ९ आश्विन २०७९ १२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App