७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

जबराविरुद्धको प्रतिवेदन आजै संसद सचिवालयमा बुझाउने

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिले बनाएको प्रतिवेदन आज नै संसद सचिवालयमा बुझाउने तयारी गरेको छ।  

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्वित प्रधानन्यायधीश जबराले यसअघिका बैठकमा दिएका बयानमा हस्ताक्षर गरिसकेकाले आज नै समितिको दोस्रो बैठक बसेर संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरिएको हो। 

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेसका सांसद एवं महाअभियोग सिफारिस समिति सदस्य मिनबहादुर विश्वकर्माले आजै बस्ने दोस्रो बैठकमा प्रतिवेदनको मस्यौदा पेस हुने र आज नै संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरेको बताए। उनले आजको बैठकमा प्रधानन्यायाधीश जबराले आफूले दिएका बयानमा हस्ताक्षर गर्नुभएको र समिति सदस्यहरुको प्रतिप्रश्नको समेत जवाफ दिएका थिए।  

उनले भने, ‘आज शुरुमा नै म सबमा साइन गर्छु, खासै तलमाथि केही रहेनछ भनेर बैठकमा दिएका बयानमा हस्ताक्षर गर्नुभयो। त्यसपछि सदस्यहरुले प्रतिप्रश्न गर्नुभयो। प्रतिप्रश्न गर्दा थप प्रष्ट गर्ने काम भयो। दफाबार १ देखि ४३ सम्मका प्रश्नको बारेमा स्पष्ट पार्नुभयो। पहिलो चरणको बैठक सम्पन्न भएको छ, दोस्रो चरणमा प्रतिवेदनको मस्यौदा बनाउनेछौँ। दोस्रो बैठक ३ बजे बस्छ। दोस्रो चरणमा हामी प्रतिवेदनको निर्णयार्थ पेस हुन्छ। सचिवालयमा हामी बुझाउँछौँ। मस्यौदा ३ बजेको बैठकमा समितिमा पेस हुन्छ।’

समितिको बैठकपछि सञ्चारर्कीहरुसँग कुरा गर्दै समितिका सभापति रामबहादुर बिष्टले समितिको पहिलो बैठकले मस्यौदा तयार गरेर समिति सदस्यलाई बाँडिएको र दोस्रो बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरी सभामुखलाई बुझाउने बताए।

उनले भने, ‘मस्यौदा तयार गरेर बाँडिएको छ, ३ बजेको बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरेर अन्तिम रुप लिएर अघि बढ्छौँ। आजै प्रतिवेदन सभामुखलाई बुझाउँछौँ।’

समितिको दोस्रो बैठक आज नै दिउँसो ३ बजेका लागि बोलाइएको छ।

प्रकाशित: १ आश्विन २०७९ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App