१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

चलचित्र ‘प्रकाश’ले नेपाली राजनीतिमा भएको विकृतिलाई उदांगो पारेको छः लिङ्देन

फाइल तस्बिर।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चलचित्र प्रकाशले वर्तमान नेपाली राजनीतिमा भएको विकृतिलाई उजागर गरेको बताएका छन्।  

बुधवार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चलचित्रले जनक्रान्ति र कम्युनिष्टको नाममा नेपालमा भइरहको विकृतिलाई उदांगो पारेको बताएका छन्। उनले चलचित्रमा वर्गीय व्यवस्थालाई प्रोत्साहित गर्न खोजेको कुरा देखाइएको बताएका छन्। अध्यक्ष लिङदेनले अहिलेको समाज कस्तो भन्ने कुरा चलिचित्रमा चित्रण गरिएको बताए। उनले चलचित्र अहिलेको नेतृत्व गरिरहने राजनीतिक नेता र कार्यकर्ताले हेर्नैपर्ने रहेको बताए। उनले राजनीतिमा अहिले भइरहेको विकृतिलाई चित्रण गरेको तर अब राजनीतिक दलहरुले समाजको परिवर्तन गर्न कसरी अघि बढ्ने भन्ने कुरा नदेखाएको बताए।  

अध्यक्ष लिङदेनले केही दिनअघि मात्रै प्रदर्शनमा आएको चलचित्र माइकल अधिकारी हेर्न जाँदा अभिनेतालाई नै नचिनेको बताए। चलचित्रमा अभिनय राम्रो लागेको तर बाहिर निस्किएर फोटो खिच्दासमेत सिनेमामा भएको अभिनेता सौगात मल्ल यही हो भनेर छुट्याउन नसकेको बताए। उनले भने, ‘मैले माइकल अधिकारी हेरेको थिएँ, हिरोसँगै बसेर फोटो खिचेछु, मलाई सौगात मल्ल को हो नै थाहा भएन। कस्तो राम्रो कलाकार भन्ने भयो, बाहिर देख्दा थाहा नै भएन।’

नेपाली चलचित्र प्रकाश गत शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको थियो। शुरुवाती दिनमा चलचित्रले शो नपाएपछि निर्माण र कलाकार टिमले पत्रकार सम्मेलन गर्दै सिनेमा घरहरुले शो नदिएको भन्दै दुखेसो गरेको थिए। अभिनेता प्रदीप खड्का स्वयंले नै दर्शकको माग अनुसार शो नपाएको भन्दै पत्रकार सम्मेलनमा गुनासो गरेका थिए। दिनेश राउतको निर्देशन र महेन्द्र अधिकारीको निर्माण रहेको फिल्मले शिक्षक बन्न एक युवकले गर्ने संघर्षको कथा भन्छ। दिनेश राउतको निर्देशन तथा नायक खड्का र नायिका दीया मास्केको मुख्य भुमिका रहेको उक्त चलचित्र जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको संघर्ष र मेहनतमा आधारित छ। चलचित्रको सम्पूर्ण छायांकन जुम्लामा नै गरिएको हो।

प्रकाशित: १६ भाद्र २०७९ ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App