३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपालसँग आर्थिक सम्बन्ध प्रगाढ होस् भन्ने भारत सरकार चाहन्छः राजदुत श्रीवास्तव

गहुँ र चिनी प्रतिबन्धका बारेमा सरकारसँग कुरा भएको छ।

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउन केन्द्र सरकारसँग कुराकानी भइरहेको बताएका छन्।

शनिबार धरानमा आयोजित उद्योग वाणिज्य संघ सुनसरीको स्वागत सम्मान कार्यक्रममा बोल्दै राजदुत श्रीवास्तवले धरानमा भारतसँगको व्यापार धेरै रहेको उल्लेख गरे। उनले नेपालले भारतसँगको व्यापारलाई अझ बढाउनुपर्छ भन्ने भारतको चाहना रहेको बताए।

उनले नेपालको आर्थिक सम्बन्ध प्रगाढ र सुदृढ होस् भन्ने भारत सरकारले चाहेको बताए। राजदुत क्वात्राले धरानमा भारतबाट सामान ल्याउनका लागि मिरगञ्जको पुल नबन्दा समस्या भइरहेको भन्दै पुल वर्षाका कारण केही समय रोकिएको तर चाँडै नै निर्माण हुने प्रतिबद्धता जनाए।

उनले पुल निर्माणका लागि बिहार प्रदेश र केन्द्र सरकारसँग कुराकानी गरिसकेको दाबी गरे। उनले पुल निर्माण कार्य चाँडै सकिने पनि बताए। राजदुत श्रीवास्तवले नयाँ आयात गहुँ र चिनीमा नेपाललाई उपलब्ध गराउने सहुलियतको बारेमा पनि छलफल भइरहेको बताए।

उनले भने, ‘नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध झनै प्रगाढ र सुदृढ होस् भन्ने भारतका जनता र सरकार चाहन्छ। यो क्षेत्रमा भारतसँग नेपालको व्यापार धेरै नै छ। हामी चाहन्छौं कि यसलाई अझै बढाउनु पर्छ। यसमा मिरगञ्जको पुल, नयाँ आयात गहुँ र चिनीमा जुन आश छ, यसबारेमा पनि कुराकानी भइरहेको छ।’

प्रकाशित: ११ भाद्र २०७९ १०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App