२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्छु : मन्त्री कार्की

फाइल तस्बिर

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताए।

सुनसरीको बराहक्षेत्र ६ र ९ स्थित श्रीलंका टापुमा रहेको कोसी पीडितको अवस्था निरीक्षण गर्न गएका कार्कीले सो कुरा बताएका हुन्।

मन्त्री कार्कीले  कोसी कटानबाट क्षति भएकोे  क्षेत्रलाई सरकारले  संकटग्रत क्षेत्र घोषणा गरेर स्थायीवासीको समस्या समधानका लागि योजना बनाउन लागिपरेको बताए।

 सप्तकोसी नदीबाट बर्सेनि स्थानीयवासीले विभिन्न किसिमको समस्या भोग्दै आएकाले त्यसलाई अव दीर्घकालिनरुपमा समधान गर्न सरकारले योजना बनाएर अघि बढने उनले बताए।

बर्सेनि वर्षाको समयमा सप्तकोसी नदीले वितण्डा मच्चाउनाका साथै  कटानसमेत गर्ने गरेको र  त्यसबाट सयौँको संख्यामा स्थानीयवासी पीडित हुँदै आएकाले तत्कालीन र दीर्घकालिनरुपमा योजना बनाएर समधान गर्न वर्तमान सरकार लागिपरेको मन्त्री कार्कीले उल्लेख गरे।

प्रकाशित: ५ भाद्र २०७९ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App