८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

त्रिविमा नेविसंघले गरेको तालाबन्दीविरुद्ध अनेरास्ववियुद्वारा हस्ताक्षर संकलन

अनेरास्ववियु त्रि.वि जिल्ला कमिटीले त्रिभुवन विश्वविद्यालयमा भएको अराजकता र तालाबन्दीविरुद्ध हस्ताक्षर अभियान सुरु गरेको छ।  

आइतबार त्रिभुवन विश्वविद्यालय अघाडी विश्वविद्यालय भित्रको फोहोरी राजनीति बन्द गरौँ। तालाबन्दी र विकृतिको भण्डाफोर  गरौँ भन्ने मुल नाराको साथ हस्ताक्षर अभियान सुरु गरेको हो।  

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यलयमा आइतबार र सोमबार हस्ताक्षर संकलन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने अनेरास्ववियु त्रि.वि जिल्ला कमिटीका अध्यक्ष सम्भुप्रसाद भट्टले जानकारी दिए।  

नेपाल विद्यार्थी संघले २७ साउनमा त्रिविको रजिस्ट्रारको कार्यालय, केन्द्रीय लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ। त्यसैविरुद्ध अनेरास्ववियुले अराजकता र तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान सञ्चालन गरेको हो

प्रकाशित: २९ श्रावण २०७९ ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App