१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

खानेपानी तथा सरसफाइ विधेयक,२०७७ संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

फाइल तस्बिर।

प्रतिनिधिसभाको आजको बैठकले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले बैठकमा सो प्रस्ताव प्रस्तुत गरेकी थिईन्। सांसदहरुले उठाएका जिज्ञासामा मन्त्री चौधरीले नागरिकको मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि यस विधेयकमा प्रबन्ध गरिएको बताए।

उनले विगतमा जलस्रोत ऐनअन्तर्गत नै खानेपानीको समग्र प्रणाली सञ्चालनमा हुने गरेको यथार्थ पेस गर्दै अब भने खानेपानीको सम्बन्धमा स्पष्ट नीति तथा कानुनको प्रबन्ध हुने विश्वास व्यक्त गरे।

प्रकाशित: २५ श्रावण २०७९ ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App