१५ चैत्र २०८० बिहीबार
राजनीति

कर्णालीको मन्त्रिपरिषद् हेरफेर

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गरेका छन्।

कर्णाली प्रदेश सरकारमा सहभागी कार्चेन लामाको ६ महिने कार्यकाल पूरा भएपछि मंगलबार मन्त्रिपरिषद् हेरफेर गरिएको हो। लामाले सम्हाल्दै आएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जीवनबहादुर शाहीले आफैंसँग राखेका छन्।

हुम्लाका लामा २०७८ माघ २३ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए। प्रदेश वा संघमा सांसद नभएको व्यक्ति ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थामा टेकेर माओवादी केन्द्रले लामालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सिफारिस गरेको थियो।

माओवादीले मन्त्रीको नाम सिफारिस गर्न नसकेपछि पर्यटन मन्त्रीको जिम्मेवारी मुख्यमन्त्री शाहीले आफैं राखेका हुन्। माओवादीले नाम सिफारिस गर्ने जिम्मेवारी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई दिएको छ।

प्रकाशित: २४ श्रावण २०७९ १३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App