५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

महाभियोग प्रस्तावबारे सत्तापक्ष र प्रतिपक्षको जुहारी

प्रतिनिधिसभाको बैठकमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन लागिएको विषयमा सत्तापक्षर प्रतिपक्षबीच जुहारी चलेको छ।

 प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले चुनाव घोषणासँगै सरकार कामचलाउ भएको बताउँदै सदनमा महत्वपूर्ण विषय ल्याउन नहुने बताका थिए। बैठकमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले काम चलाउ सरकारले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गर्न नमिल्ने बताए। गत फाुगन १ गते दर्ता भएको महाअभियोग प्रस्ताव तीन महिनामा टुंगो लाग्ने भए पनि सरकारलेराजनीतिक प्रतिशोधराखेर संसद्मा यतिबेला मात्रै छलफल अघि बढाएको बताए। महाअभियोगको भागिदार भए गहिरो छानबिन गरौं, महाअभियोग लगाएर हटाऔं, होइन भने यो ढंगले झुण्ड्याउन मिल्दैन,’ उनले भने,। अब सदन अन्त्य हुने बेलामा ल्याएर हामीले न्याय गर्दैछौं त भन्दै उनले प्रश्न पनि गरेका थिए।  

यसैगरी, उनले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटेर आए पनि नघटेको बताउँदै उनले उपभोक्ताले महंगोमा पेट्रोलिय पदार्थ खरिद गर्नुपर्ने अवस्था आएको बताए। ‘नाफा हुँदा नाफा जति आयल निगमको पोल्टामा फाल्ने, घाटा हुँदा घाटाको भार जति जनतामा थोपर्ने यो कहाँको न्याय हो सभामुख महोदय ?,’ उनले भने, ‘सरकारले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाएर नागरिकलाईराहत दिनुपर्दछ, सरकार भएको कुराको अनुभूति दिनुपर्दछ।’ उनले भने ‘सरकारले यदिराहत दिएन भने, अन्यथा के कुरा प्रमाणित हुन्छ भने आयोगलाई असफल बनाउनेर प्राइभेटलाई दिने खेल भइरहेको छ।’  

उनले एक चीन नीतिमा दृढतापूर्वक उभिन सरकारलाई आग्रह गरे। उनले ताइवानको घटनाक्रम प्रति आफूहरू गम्भीररहेको बताउँदै सरकारलाई पनि एक चीन नीतिको पक्षमा दृढतापूर्वक उभिन समेत आग्रह गरे। हाम्रो छिमेकीहरू भारतर चीनको आ–आफ्नै संवेदनशीलतारहेको भन्दै उनले त्यसमाथि खेलबाड गर्न नसक्ने बताए। ‘तिब्बत, हङकङ, ताइवान चीनका अभिन्न अंग हुन्, यो आन्तरिक मामिलामा कसैले पनि हस्तक्षेप गर्न मिल्दैन भन्ने सरकारको पोजिसन तत्काल सार्वजनिक गर्न आग्रह गर्दछु,’ उनले भने। उनले विश्व शक्तिका लहैलहैमा हामी जान नसक्ने बताए।

सरकारले विप्लव समूहलाई पुनः जंगल पठाउन लगाएको भन्दै उनले आपत्ति जनाए। आगामी निर्वाचनमा दुईचार ठाउँमा बम पड्कियो भने विप्लवलाई दोष देखाएर बुथ क्याप्चर गर्न खोजिएको हो भन्दै प्रश्नसमेत गरे।  

कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्मले संसदले ९ महिनासम्म अवरोध झेल्नु परेकाले पनि सदको अवरोध खुलेपछि संसदको ध्यान बजेटमा केन्द्रित भएकोले महाभियोग अगाडि बढाउन ढिलाई भएको बताए। उनले प्रधानन्यायाधीशले पद अनुसारको आचरण गर्न नसकेको, विवादितर अन्यायपूर्ण फैसला गरेको भनी कानुन व्यवसायी, न्यायाधीशर पूर्वन्यायाधीशले आन्दोलन गरेकोर सांसदर नेताहरूमाथि प्रश्न उठेको कारणबाट नै महाभियोग प्रस्ताव ल्याएको बताए। डेढ वर्षअघि जबराविरुद्ध आन्दोलन चलिरहँदा न्याय माग्न जानेहरू बाटैबाट फर्किएको उल्लेख गर्दै उनले भने, ‘न्याय माग्न जानेहरू सर्वोच्चको गेटबाटै फर्किन्थे। त्यो बेला हामी सबै एकैठाउँ थियौं। त्यसबेला हामी प्रतिपक्षमा थियौं। अहिले सत्तापक्षमा छौं। यसकारण यो महाअभियोग प्रस्ताव सबैको प्रस्ताव हो।’  

कांग्रेसकै सांसद डिला संग्रौलाले चौतर्फीराजीनामा मागिँदा, न्याय अवरुद्ध हुँदा समेतराजीनामा नदिएर सर्वोच्चलाई थप अविश्वसनीय बनाउने काम गरेकाले पनि प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव ल्याएको बताइन्।

 ‘यो प्रस्तावमा सत्तापक्षर प्रतिपक्षको आँखाले नहेरी न्यायपालिकामारहेको बिचौलियार भ्रष्टाचारको विरुद्ध उभिएर जाउँ’ भन्ने प्रस्ताव पनि उनले गरिन्। कांग्रेसका सांसद प्रकाशरसाइली स्नेहीले एमालेले महाअभियोग प्रस्ताव माथि छलफल गर्ने वातावरण बनाउन नदिने भूमिका खेलेको बताए। ‘संसद् अवरोध गर्ने, छलफल गर्न नदिने, वातावरण बनाउने अहिले आएर किन ढिला भयो भन्ने कुरा एमालेलेराखेको बताए।  

कांग्रेस सांसदरंगमति शाहीले जबराविरुद्धको महाअभियोग तुरुन्तै पास गरिनुपर्ने बताइन्। महाअभियोग किन भनेर छलफल गर्नुअघि लगाइएका २१ वटा आरोप अध्ययन गर्न आवश्यकरहेको भन्दै उनले न्यायालय बचाउन पनि महाअभियोग पारित गर्नुपर्ने बताइन्। एमाले सांसद नवराज सिलवालले छिनोफानो गर्ने ढंगले अघि बढेको हो कि होइन भन्ने प्रश्न गरेका थिए।

माओवादी केन्द्रका सांसद हरिबोल गजुरेल एमालेले प्रष्ट नबोलेर एमालेले जबरालाई बचाउन खोजेको आरोप लगाए। ‘जनताले बुझिसके, चोलेन्द्रलाई छिटो भन्दा छिटो बिदा गरौं भनिरहेका छन्। यहाँ सदनमा दलगत रूपमा विभाजित हुने, यस्तो कुरामा पनि जिब्रो चपाएको भन्दै एमालेलाई खुला रूपमा महाभियोगको पक्षमा आउनुपर्ने बताए। 

माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले महाअभियोग प्रस्ताव पास गराउनका लागि प्रमुख प्रतिपक्षको पनि साथ आवश्यकरहेको बताइन्। उनले नैतिक रूपमा जिम्मेवार बन्न एमालेलाई आग्रह गरिन्।

प्रकाशित: २३ श्रावण २०७९ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App