७ वैशाख २०८१ शुक्रबार
राजनीति

लुम्बिनी प्रदेश गौरव आयोजना अलपत्र

लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ। पाँच वर्ष बितिसक्दा समेत लुम्बिेनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो।  

दुई वर्षमा सक्नेगरी सिद्धबाबा सडकको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयहरु समस्यामा परेका छन्। सडक खनेका कारण कतिपय जमिन भासिएको र पहिरो जाने गरेको स्थानीयहरुको गुनासो छ।  

चुरे क्षेत्रको सम्भाव्यता अध्ययन बिना सडक खन्दा,चुरेमा सडक बनाउने तरिका नमिल्दा र टुक्रे बजेट विनियोजन हुँदा लुम्बिनी प्रदेश सरकारले सडक निर्माणको कामलाई गति दिन नसकेको स्थानीहरुको भनाइ छ। लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना अन्तर्गत रहेको यो सडकका लागि तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश स्थापनाको पहिलो वर्षबाट नै बजेट विनियोजन गरेको भएपनि अहिले सो सडक अलपत्र बनेको छ।  

काम मन्द गतिमा चल्दा मृत्यु मार्गको रुपमा रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रले नागरिकलाई पिरोल्ने गरेको स्थानीय राजकुमारी विकले बताइन। उनले वर्षेनी ढुंगासहितको पहिरोले जनधनको क्षति व्योहोर्न बाध्य यात्रुलाई वैकल्पिक सडक सञ्चालन हुने भन्दा खुशी लागेको भएपनि ५ वर्षको अवधिसम्म पनि सडक निर्माण पूरा नहुँदा दुःख लागेको बताइन।  

उनले सडक निर्माण पूरा गर्न नसक्दा कतिपय सवारी चालक र स्थानीयको ज्यान गएको बताइन। अर्का स्थानीय गोविन्द विकले बाटो बनाउन थालेको ५ वर्ष पूरा भएपनि काम नसकिएको बताए। उनले विभिन्न खोलाहरुमा मोटरेबल पुल बनिसकेको र पहाडको ठाउँ भएकोले माटो बगिरहेको बताए।  

त्यस्तै अर्का स्थानीय बाटोको सुधार भइरहेपनि लामो समयसम्म निर्माण पूरा नहुँदा स्थानीयले दुःख पाएको बताए। उनले काममा सुधार देखिएपनि कहिलेसम्म निर्माण पूरा हुन्छ भन्ने कुराको स्पष्टता नरहेको उल्लेख गरे। सडक खनेका कारण पहिरो जाने र जमिन भासिने गरेको उनले बताए।  

प्रकाशित: १७ श्रावण २०७९ ०७:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App