नेपालको दुई दिने भ्रमणमा रहेका दक्षिण एशिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटका छन्।
तुले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवासँग भेटवार्ता गरेका हुन्। लुसँगको भेटपछि ट्वीरमार्फत देउवाले प्रधानमन्त्री देउवाले मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धनबारे विचार आदानप्रादन भएको भन्दै खुसी व्यक्त गरेका छन्।
उनले निरन्तरको विकास सहकार्य र उच्च तहको आर्थिक संलग्नताका लागि भन्दै अमेरिकालाई धन्यावाद पनि दिएका छन्। लुले यसअघि परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेका थिए।
प्रकाशित: १३ श्रावण २०७९ ११:३४ शुक्रबार