coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भारत भ्रमणमा रहेका प्रचण्डले आज भाजपा अध्यक्षलाई भेट्ने

फाइल तस्बिर

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने भएका छन्। भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबारदेखि प्रचण्ड भारत भ्रमणमा रहेका छन्।

उनले गत शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका थिए। त्यस्तै उनले शनिबार भारतीय विदेश सचिव एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए।

त्यसैगरी शनिबार बिहान नयाँदिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘ब्रेक फास्ट’ बैठकमा प्रचण्ड सहभागी भएका थिए।

आज अपराह्न भने प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी छ। उनी आज नै स्वदेश फर्किने छन्।

प्रकाशित: १ श्रावण २०७९ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App