नेकपा (एमाले) को युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चलिरहेको मुद्दालाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै युवा संघले खबरदारी गरेको हो।
युवा संघको केन्द्रीय कार्यालयबाट सुरु भएको विरोध प्रदर्शनमा सहभागीहरूले कानुनी शासनको पूर्ण पालना हुनुपर्ने माग राखेका छन्।
उनीहरूले लामिछाने जोडिएका प्रकरणहरूमा भइरहेको अनुसन्धान र अभियोजनलाई फितलो बनाउन वा मुद्दा कमजोर पार्न कुनै पनि प्रकारको चलखेल हुन नहुने भन्दै सरोकारवाला निकायलाई सचेत गराएका छन्।
यसैबीच, युवा संघले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको आन्तरिक मामिलामा संयुक्त राज्य अमेरिकाले हस्तक्षेप गरेको भन्दै त्यसको समेत विरोध जनाएको छ।
एक सार्वभौम राष्ट्रको राजनीतिमा बाह्य शक्तिले हस्तक्षेप गर्न नहुने भन्दै प्रदर्शनकारीहरूले अमेरिकी कदमको निन्दा गरेका हुन्।
शनिबारको उक्त विरोध कार्यक्रममा युवा संघका केन्द्रीय नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
हेराैं तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

















प्रकाशित: ३ माघ २०८२ १५:५७ शनिबार





