२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

जिल्ला समन्वय समिति अर्घाखाँचीका पदाधिकारीद्वारा पद तथा गोपनियताको शपथ

जिल्ला समन्वय समिति (जिसस) अर्घाखाँचीका प्रमुख जीवनारायण कोईराला लगायत पदाधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन्।

नेकपा एमालेबाट निर्वाचित समन्वय प्रमुख जीवनारायण कोईराला, उपप्रमुख लक्ष्मी शर्मा ज्ञवाली लगायत ७ जना सदस्यले पद तथा गोपनियताको शपथ लिएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा आयोजना भएको शपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले समन्वय प्रमुख कोईरालालाई शपथ ग्रहण गराए। त्यस लगत्तै प्रमुख कोईरालाले उपप्रमुख लगायत सबै सदस्यलाई पद तथा गोपनियताको शपथ गराए।

शपथ ग्रहण कार्यक्रममा प्रदेशसभा सदस्य चेतनाराण आचार्य, रामजी प्रसाद घिमिरे, सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठ, नेकपा एमाले अध्यक्ष पिताम्बर भुसाल, प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरे, अदालतका श्रेस्तेदार महेश खनाल लगायतको उपस्थिती रहेको थियो।

अर्घाखाँचीमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सबै निर्विरोध भएका थिए। प्रमुख/उपप्रमुखसहित सबै ९ जना निर्विरोध निर्वाचित बनेका हुन्। चुनाव आफ्नो पक्षमा नआउने देखिएपछि कांग्रेस, माओवादी लगायत गठबन्धन दल प्रतिस्पर्धाबाट बाहिरिएका थिए। भएका वडा सदस्यहरु पदविहिन बन्ने भएपछि गठबन्धन दलहरुले चुनावमा नजाने निष्कर्ष निकालेका थिए।

प्रकाशित: २४ जेष्ठ २०७९ ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App