५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

मोरङका १३ स्थानीय तहको मत परिणाम सार्वजनिक: कांग्रेस ७ एमाले ६ स्थानमा विजयी

मोरङमा अन्तिम  मत परिणाम सार्वजनिक भएका ९  स्थानीय तहमध्ये ५ स्थानमा कांग्रेस र ४ स्थानमा  एमालेका उमेदवार निर्वाचित भएका छन्। मोरङको कटहरी, जहदा,धनपालथान, बुढीगंगा, मिक्लाजुङ, ग्रामथान र रतुवामाई नगरपालिको मेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन्। यस्तै मोरङको लेटाङ, केरावारी, उर्लावारी, कानेपोखरी, सुनवर्षी र वेलवारीको प्रमुखमा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन्।  

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदरा ७ हजार ६ सय ५ मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिश्पर्धी नेकपा एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत ल्याए। यस्तै उपाध्यक्षमा नेकपा एमालेकी गुणावती थारुले ६ हजार १ सय २३ मत ल्याएर निर्वाचित भइन्। उनकी निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसकी भुखनीकुमार माझीले ५ हजार ४ सय ४८ मत ल्याइन्। ग्रामथान गाउँपालिकाको वडा तर्फ एमालेले ५ वटा वडाको अध्यक्ष जित्न सफल भएको भने कांग्रेस र माओवादी केन्द्रले १–१ वडा जिते।

यस्तै मोरङको रतुवामाईमा पनि नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन्। रतुवामाई नगरपालिकाको मेयरमा नागेश्वरप्रसाद सिंह १३ हजार १ सय ३५ मत ल्याएर  निर्वाचित भए। उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका दुर्गाबहादृुर विष्टले ११ हजार २ य ५२ मत ल्याए। रतुवामाईमा वडा तर्फ ५ वटा वडामा एमाले, ३ वटामा कांग्रेस र एउटामा नकेपा मओवादी कैन्द्र निर्वाचित भएको छ।

 मोरङको कटहरीको अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरी निर्वाचित भएका छन्। उनले  ६ हजार ५ सय ६५ मत ल्याएर विजयी भएका हुन् उनका निकटतम प्रतिश्पर्धी सुभाषकुमार गच्छदारले  ५ हजार ६ सय ८२ मत ल्याए। कटहरीको उपाध्यक्षमा नेकपा एमालेकी सितादेवी राजवंशी निर्वाचित भइन्। उनले ५ हजार ८ सय ४८ मतल्याइन्। उनकी निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसकी मञ्जीताकुमारी सरदारले ५ हजार ७ सय ५ मत ल्याइन्।

मोरङको कटहरीमा कांग्रेसले १, जनतासमाजवादीले १ वटा वडाको अध्यक्षमा निर्वाीचत भए भने नेकपा एमालेका उमेदवार  ५ वटा वडाको अध्यक्षमा निर्वाचित भए।   यस्तै मोरङको जहदा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्रप्रसाद साहले ६ हजार ५ सय १ मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिश्पर्धी जसपाका कैलाशप्रसाद मण्डलले ४ हजार ४८ मत ल्याए। उपप्रमुखमा नेपाली कांग्रेसकी हन्ना सोरेनले ५ हजार ५ सय ५५ मत ल्याएर निर्वाचित भइन्। उनकी निकटतम प्रतिश्पर्धी नेकपा माओवादी केन्द्रकी दुलाली कुमारी महतोले ३ हजार ५ सय १२ मत ल्याइन्। वडातर्फ नेपाली कांग्रेसले ४ वटा, जसपाले २ एमाले १ र एमाओवादी केन्द्र १ वटा वडामा विजयी भयो। मिक्लाजुङ गाउँपालिकामा नेपाली कांग्रेसका वविकुमार राई विजयी भए। उनले ८ हजार २ सय ५३ मत ल्याए भने उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका  नरेन्द्रप्रसाद ढुंगेलले ४ हजार ९ सय १६ मत ल्याए। मिक्लाजुङको उपाध्यक्षमा ए माओवादी केन्द्रका दिनेश पौडेल ५ हजार ६ सय २६ मत ल्याएर निर्वाचित भए। 

उनका प्रतिश्पर्धी एमालेकी निर्मला राईले ५ हजार ४ सय ५५ मत ल्याइन्। मिक्लाजुङमा नेपाली कांग्रेसले ४ वटा वडा, नेकपा एमालेले २ वटा र मोओवादी केन्द्रले १ वटा वडामा जित हाँसिल गरेको छ। मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उमेदवार जितनारायण थापा मगर विजयी भएका छन्। उनले ८ हजार २ सय ९९ मत ल्याए भने उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका बलभद्र सरदार थारुले ७ हजार ८ सय ८० मत ल्याए। यस्तै उपमेयरमा नेपाली कांग्रेसकै अमृताकुमारी गच्छदार विजयी भइन्। उनले ९ हजार ५० मत ल्याइन् भने उनकी प्रतिश्पर्धी नेकपा एमालेकी तुलसीकुमारी कुंवरले ६ हजार २ सय २३ मत ल्याइन्। बुढीगंगाको वडाहरूमा नेपाली कांग्रेसले ५ वटा वडाको अध्यक्षमा विजय हासिंल गर्न सफल भयो। यस्तै १ वटामा एमाले र १ वटामा माओवादी केन्द्रले विजय हांसिल ग¥यो।  

यस्तै मोरङको लेटाङ नगरपालिकाको मेयरमा  नेकपा एमालेका भुपेन्द्रकुमार लावतीले १० हजार २ सय २७ मत ल्याएर निर्वाचित भए। उनका प्रतिश्पर्धी नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १ सय ५ मत ल्याए। उपमेयरमा नेकपा एमालेकी कृष्णकुमारी पोखरेलले ९ हजार ४ सय ६० मत ल्याएर निर्वाचित भइन्। उनकी निकटतम प्रतिश्पर्धी  माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ४ हजार ९ सय ५ मत ल्याए। लेटाङका ६ वडा वडामा एमाले र ३ वटा वडामा कांग्रेसका अध्यक्षका उमेदवारले जित हाँसिल गरेका छन्। यस्तै मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी राजमती इङ्गनामले ८ हजार ९ सय ७५ मत ल्याएर निर्वाचित भइन्। 

उनकी निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका सञ्जय भट्टराईले ५ हजार ८ सय ४६ मत ल्याए। उपाध्यक्षमा नेकपा एमालेका भोलाप्रसाद अधिकारीले ९ हजार  ५ सय ५० मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसकी मनकुमारी गुरूङले ७ हजार ८ सय १८ मत ल्याइन्। कानेपोखरीका ५ वटा  वडाको अध्यक्षमा एमाले र २ वटामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ। केरावारी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुमन मिरिङचिङ मगरले जित हाँसिल गरे। उनले ७ हजार ८ सय १० मत ल्याए भने उनका प्रतिश्पर्धी नेपाली कांग्रेसका रोहितबहादुर कार्कीले ६ हजार ३ सय ९० मत ल्याए। उपाध्यक्षमा नेकपा एमालेकी मनमाया मगरले ७ हजार २ सय ६७ मत ल्याएर विजयी भइन्। उनकी प्रतिश्पर्धी नेपाली कांग्रेसकी सुभद्रा राईले ६ हजार ४ सय २८ मत ल्याइन्। 

केरावारीमा नेपाली कांग्रेसले ३ वटा र एमालेले ७ वटा वडाको अध्यक्ष जित्न सफल भयो। मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा  एमालेका उमेदवार विजयी भएका छन्। मेयरमा एमालेका श्याम प्रसाद राजवंशीले ८ हजार ६ सय ३९ मत प्राप्त गदै निर्वाचित भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका यज्ञ बहादुर कार्कीले ६ हजार ९ सय ५३ मत प्राप्त गरेका छन्। उपप्रमुखमा पनि एमालेकै मिरा देवी दास केवरतले ८ हजार ३ सय ३ मत ल्याउदै निर्वाचित भइन्। कांग्रेसकी विमला देवी केवरतले ७ हजार ४ सय २७ मत ल्याएकी छन्। २०७४ सालको  स्थानीय तहको निर्वाचनमा कांग्रेसले मेयर र उपमेयर दुबैमा जितहाँसिल गरेको थियो। सुनवर्षीका वडाहरूमा कांग्रेस र एमालेले बराबर स्थान जितेका छन् कांग्रेसले ४ वटा वडामा जित हाँसिल गरेको छ भने एमालेले पनि त्यतिनै वटा वडामा जित हाँसिल गरेको छ। यस्तै नेकपा माओवादी कैन्द्रले १ स्थानमा जित हाँसिल गरेको छ।  मोरङको उर्लावारीमा नेकपा एमालेका गंगाप्रसाद खरेल निर्वाचित भए। 

उनले १२ हजार १ सय ५६ मत ल्याए उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका खड्गबहादुर फागोले १० हजार २ सय ९० मत ल्याए। यस्तै उपप्रमुखमा १० हजार ७ सय २८ मत ल्याएर नेकपा एमालेकी मीनाकुमारी खतिवडा निर्वाचित भइन्। उनकी प्रतिश्पर्धी नेपाली कांग्रेसकी सीता कार्कीले १० हजार ६ सय ४० मत ल्याइन्। वडा तर्फ ५ वटा वडामा नेकपा एमाले र ४ वटा वडामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ। मोरङको वेलवारीको मेयरमा नेकपा एमालेका दिलप्रसाद राई  विजयी भएका छन्। उनले १६ हजार ४ सय २२ मत ल्याएर विजयी भए। उनका प्रतिश्पर्धी नेपाली कांग्रेसका महेन्द्र सुवेदीले १५ हजार ६ सय २० मत ल्याए। यस्तै उपमेयरमा नेपाली कांग्रेसकी नितु थापाले १३ हजार ७ सय ३१ मत ल्याएर  निर्वाचित भइन्। उनकी निकटतम प्रतिश्पर्धी नेकपा एमालेकी तिलकुमारी न्यौपानेले १३ हजार ६ सय ५ मत ल्याइन्।  

मोरङको मतगणना भइरहेका ४ वटा पालिका मध्ये २ वटामा नेकपा एमाले २ वटामा नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ। नेकपा एमालेले रंगेली नगरपालिका,  र पथरी शन्श्चिरे नगरपालिका अग्रता कायम गरिरहेको छ। यस्तै नेपाली कांग्रेसले  सुन्दरहरैंचा र विराटनगर महानगरपालिकामा अग्रता कायम गरिरहेको छ। २०७४को स्थानिय तह निर्वाचनमा मोरङका ९ वटा स्थानिय तहमा कांग्रेस विजयी भएको थियो। नेकपा एमालेले ५, माओवादी केन्द्रले १ , तत्कालीन संघियसमाजवादी हाल जनतासमाजवादीले १ र मधेसी जनअधिकार फोरम लोकतान्त्रीकले १  स्थानमा जित हाँसिल गरेको थियो। मोरङका मतगणना भइरहेका  सबै स्थानिय तहमा कांग्रेस र एमालेवीच  प्रतिश्पर्धा भइरहेको छ।

प्रकाशित: ६ जेष्ठ २०७९ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App