४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको समानुपातिक सूचीमा नयाँ र युवालाई पनि स्थान

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनतर्फ समानुपातिकको सूची बुझाउन नेपाली कांग्रेसका नेताहरू निर्वाचन आयोग पुगेका छन् । 

कांग्रेसले समानुपातिकतर्फको नामलाई अनौपचारिकरुपमा टुंगो लगाउँदै मीन बिश्वकर्मासहितका नेताहरू बन्दसूची बोकेर आयोग पुगेका छन्। कांग्रेस नेताका अनुसार, बन्दसूचीमा नेताहरू अर्जुननरसिंह केसी, भिष्मराज आङदेम्बे, उर्मिला थपलियालगायतलाई प्राथमिकतामा राखिएको छ । उनका अनुसार, नयाँ र युवालाई पनि सूचीमा प्राथिमकताका साथ समेटिएको छ।  

आयोगले तोकेको समयसीमाभित्र कांग्रेसले सूची बुझाउन लागेको हो। यद्यपि कांग्रेसले आगामी १९ गतेभित्र सूचीलाई सच्याएर अन्तिम रुप दिने बताएको छ । 

प्रकाशित: १४ पुस २०८२ १६:४१ सोमबार