१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दुल्लुमा कांग्रेस, नारायणमा एमालेका उम्मेदवार विजयी

दुल्लु नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार भरत रिजाल विजयी भएका छन्। उनले ७ हजार ७ सय २३ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका रुद्र शाहीले ७ हजार ५ सय ९२ मत ल्याए।

रिजाल र शाहीबीच १ सय ३१ मतअन्तर भएको थियो। उपप्रमुखमा एमालेकी विना कार्की विजयी भएकी छिन्। उनले ७ हजार १ सय २४ मत ल्याएर विजयी भएकी हुन्। उनको प्रतिद्वन्दी माओवादी केन्द्रका प्रमोद खड्काले ७ हजार ८७ मत ल्याएका थिए। १३ वडा रहेको दुल्लुमा ६ एमाले, ४ माओवादी र ३ कांग्रेसले जितेका छन्।

त्यस्तै नारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवार लोमन शर्मा विजयी भएका छन्। उनले ५ हजार ४ सय ३६ मतसहित विजयी भएका हुन्। नेपाली कांग्रेसका उम्मेदवार निर्मला खड्का ५ हजार ३ सय ५७ मत ल्याएकी थिइन्।

शर्मा र खड्काबीच ७९ मत अन्तर रहेको थियो। त्यस्तै एमालेबाट उम्मेदवार तप्ता थापाले ५ हजार ६ सय ७३ मतसहित विजयी भइन्। उनका प्रतिद्वन्दी एकीकृत समाजवादीबाट सावित्री मल्लले ३ हजार ८ सय ३८ मत ल्याएकी थिइन्।

प्रकाशित: ४ जेष्ठ २०७९ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App