६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादीको गणमा कांग्रेसको जित

माओवादीको गण बारबर्दिया नगरपालिकामा नगर प्रमुख र उप–प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

नगर प्रमुखमा छविलाल थारु र उप–प्रमुखमा रत्नाकुमारी पाण्डे निर्वाचित भएका छन्। ०७४ सालको स्थानीय निर्वाचनमा माओवादीले नगर प्रमुख र उप–प्रमुखमा जित निकालेको थियो। यसपटक माओवादीको गणमा कांग्रेसले जित निकाल्न सफल भएको छ।

कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित थारुले १३ हजार ६ मत पाएर निर्वाचित भएका छन्। थारुको प्रतिस्पर्धी एमालेका उम्मेदवार पदमप्रसाद ढकालले १० हजार ३ सय ५१ र माओवादी केन्द्रका उम्मेदवार दशरथ थारुले ९ हजार १ सय ९ मतप्राप्त गरेका छन्।

त्यसैगरी उप–प्रमुखमा १२ हजार ४ सय ९१ मतप्राप्त गरी कांग्रेसबाट पाण्डे निर्वाचित भएकी छिन्। उनको प्रतिस्पर्धी एमालेकी नारयाणी चौधरीले १० हजार ८ सय ५५ र माओवादी केन्द्रकी शोभा थारुले ९ हजार २९ मतप्राप्त गरेकी छिन्।

बारबर्दियाको ११ वडा मध्ये ६ वडामा नेपाली कांग्रेस, ३ वडामा नेपाल कम्युनिष्ट पार्टी र २ वडामा माओवादी केन्द्रले वडाध्यक्षमा जित निकालेको छ। माओवादीले यस पटक बारबर्दियामा आफ्नो विरासत जोगाउन सकेन। माओवादीको गण बारबर्दियामा माओवादी तेस्रो स्थानमा देखिएको छ।

प्रकाशित: ३ जेष्ठ २०७९ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App