४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धरान उपमहानगरः तीन वटा वडाको मतगणना हुँदा गठबन्धनकै अग्रता

धरानमा मतगणना कार्य गरिदै ।

  धरान उपमहानगरपालिकामा लोकतान्त्रिक बाम गठबन्धनका मेयर र उपमेयर उम्मेद्वारहरुको अग्रता कायमै छ।  

आइतबार राती ८ बजेसम्म ७ हजार ६ मतको गणना सकिदासम्म मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले २ हजार ४ सय ५३ मत ल्याएर अग्रता जारी राखेका छन्। स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले १ हजार ६ सय ९४ मत ल्याएर राईलाई पछ्याइरहेका छन्। एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले १ हजार ५ सय ३८ मत प्राप्त गरेको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिएका छन्।

यसैगरि, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघा २ हजार ६ सय २ मतले अगाडी छन्। एमालेका उम्मेद्वार पदम इस्वोले १ हजार ८ सय ९३ मत प्राप्त गरेका छन्।

शनिबार बिहानदेखि शुरु भएको मतगणना मात्र ३ वटा समुह बनाएर भइरहेकाले नतिजामा ढिलाई भइरहेको छ। धरानमा कुल ६२ हजार ८ सय ९८ मत खसेको छ। अहिलेसम्म वडा नं १, २ र ३ को मात्र गणना कार्य सम्पन्न भएको छ।  

वडा १ र ३ मा कांग्रेस, २ मा एमाले विजयी

धरान उपमहानगरपालिकाको २० वटा वडामध्ये आइतबार रातीसम्म ३ वटा वडाको मात्र मतगणना सकिएको छ। तीन वटा वडाको गणना सम्पन्न हुँदा २ वटा वडामा गठबन्धनले प्यानलै जितेको छ भने एउटा वडामा अध्यक्ष र एक सदस्य एमालेले जितेको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। वडा नं १ को अध्यक्षमा कांग्रेसका यज्ञमणी आचार्य ७ सय ५७ मत पाएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्दी राप्रपाका रोशन अधिकारीले ७०३ मत पाएका छन् भने एमालेका उम्मेद्वार सुमन श्रेष्ठल १७७ मत पाएका छन्।

यस्तै, कांग्रेसबाट महिला सदस्यमा ८८९ मत ल्याएर रहिसा कसजु विययी भइन् भने दलित महिला सदस्यमा रिता सुन्दास ८६० मत ल्याएर विजयी भइन्। यस्तै, खुला सदस्यमा विनोद मानन्धर ७८१ र उज्वल बास्तोला ६९६ विजयी भएका छन्। वडा १ मा कुल मतसंख्या १९३२ खसेको थियो।  

वडा नं २ मा अध्यक्षमा एमालेबाट अध्यक्षमा रमेश राई विजयी भएका छन्। उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार सुधिरसिंह लिम्बुलाई १२१ मतान्तरले पराजित गरे। अध्यक्षमा विजयी राईले ७४८ मत पाउदा प्रतिद्धन्दी लिम्बुले ६२७ मत मात्र पाए।  

यसपाली वडा २ मा एमालेले अध्यक्ष र एक खुला सदस्य पनि जितेको छ। एमालेबाट सदस्यमा समिर राईले ६६० मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका अजय राईले ६५५ मत पाएका छन्।

कांग्रेसबाट दलित महिला सदस्यमा बुनु शंकर ६८० मत पाएर विजयी भएकी छिन्। महिला खुला सदस्यमा कांग्रेसबाट सन्ध्या श्रेष्ठ ६८४ र दिनेश अग्रवालले ६९१ मत ल्याएर विजयी भएका छन्। यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा भने वडा २ मा कांग्रेसले प्यानलै जितेको थियो।

यसैगरि, वडा नं ३ मा गठबन्धनबाट कांग्रेसका अध्यक्ष विद्या शाक्यले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सुयोग पाख्रिनलाई ४१७ मतान्तरले पराजित गरे। विजयी शाक्यले १०४२ मत पाए भने पराजित पाख्रिनले ६२५ मत पाए।

यस्तै, महिला सदस्यमा गठबन्धनका उषा सुब्बाले १०४२ मत पाएर विजयी भइन् भने दलित महिला सदस्यमा शोभा विश्वकर्माले १०८३ मत पाइन्। खुला सदस्य मनिष खड्गीले ११०६ मतले जिते भने मिङ्मा भोटेले ९९९ मत ल्याएर विजयी भए। यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा वडा ३ मा एमालेको प्यानलै विजयी भएको थियो।  

प्रकाशित: १ जेष्ठ २०७९ १८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App