८ वैशाख २०८१ शनिबार
राजनीति

पोखरा महानगरमा ३८०० मतगणना गर्दा धनराजको अग्रता कायमै

पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्। उनले एमालेका उम्मेदवार कृष्ण थापालाई १०५ मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन्।

पोखरा महानगरपालिका वडा नम्बर १, २, १२, २३ र २४ को ३ हजार ८ सय मत गणना हुँदा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले १ हजार ५ सय ८५ मत प्राप्त गरेका छन्। एमालेका थापाले १ हजार ४ सय ८० मत ल्याएर पछ्याईरहेका छन्।

मेयर पदका राप्रपाका उम्मेदवार शंकर खरालले २२३ मत प्राप्त गरेका छन् भने स्वतन्त्रबाट अटेरी उम्मेदवार गनेस पौडेलले ११८ मत प्राप्त गरेका छन्।

उपमेयरमा पनि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन्। उनले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर १४४ पुर्‍याएकी छन्। रानाभाटले १ हजार ६ सय ७६ मत ल्याउँदा गुरुङले १ हजार ५ सय ३२ मत ल्याएर पछ्याईरहेकी छन्।

२ लाख ७ हजार ७ सय १२ मतदाता मध्ये शुक्रबारको मतदानमा १ लाख ४३ हजार २ सय २८ मतदाताले मतदान गरेका छन्। जिल्ला निर्वाचन कार्यालय कास्कीको अनुसार ६८.९६ प्रतिशत मत खसेको छ।

प्रकाशित: १ जेष्ठ २०७९ १४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App