१६ चैत्र २०८० शुक्रबार
राजनीति

टीकापुरमा नागरिक उन्मुक्तिको अग्रता

टीकापुर नगरपालिकामा गठबन्धन लगायतलाई पछि पार्दै हालै स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ। अहिलेसम्मको मतगणना अनुसार सो पार्टीका सबै उम्मेदवारले अग्रता लिएका छन्।

टीकापुर नगरपालिका वडा नं. ५ बाट मतगणना सुरु गरिएको छ। अहिलेसम्म चार सय मतगणना भएको छ। प्राप्त मत परिणाम अनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डगौरा थारुले १३७ र उपमेयर पदका उम्मेदवार उल्का देवी विकले १२४ मत प्राप्त गरेका छन्।

त्यस्तै दोस्रो स्थानमा नेकपा एमाले रहेको छ। एमालेका मेयर पदका उम्मेदवार श्याम खत्रीले ६८ मत र उपमेयर उपमा केसीले ४१ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेको गठबन्धनका तर्फबाट कांग्रेसका मेयर पदका उम्मेदवार नवराज रावलले ५५ मत र माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार खडक शाहले ५३ मत प्राप्त गरेका छन्।

हालै स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले थारु र दलित समुदायको मुद्दा अघि सारेर राजनीति गरिरहेको छ। उसले मेयरमा थारु र उपमेयरमा दलित समुदायबाट उम्मेदवार अघि सारेको छ। यस पार्टीको केन्द्रीय अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी रहेकी छन्। उनी २०७२ माभएको टीकापुर घटनाका दोषी निलम्बित सांसद रेशमलाल चौधरीकी श्रीमती हुन्।

चौधरीको नेतृत्वमा रहेको सो पार्टीले कैलाली र बर्दियाका केही पालिकामा चुनावी प्रतिस्पर्धा गरेको छ। पार्टीले केही पालिकाको नेतृत्वमा जीत हात पार्ने दाबी गर्दै आएको छ। यस्तै टीकापुर नगरपालिकासँगै जोडिएको जानकी गाउँपालिकामा मतगणना कार्य सुरु भएको छ। त्यहाँकुल ३२ हजार ६ सय ३५ मतदाता रहेकामा २८ हजार ६९७ मतदाताले मतदान गरेका छन्। यस पालिकामा समेत नागरिक उन्मुक्ति पार्टीले जित्ने दाबी गरेको छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App