२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मोरङका ८ पालिकामा एमालेले टुंग्यायो उम्मेदवार

नेकपा एमाले मोरङले जिल्लाका १७ पालिकामध्ये शनिबार ८ वटा पालिकाको उम्मेदवार टुंगो लगाएको छ। विराटनगर महानगरपालिका बाहेक बाँकी स्थानीय तहको उम्मेदवार आइतबार विहान टुंगो लगाउने  नेकपा एमाले मोरङले जनाएको छ।  

विराटनगर महानगरपालिकाको उम्मेदवार भने केन्द्रले नै टुंगो लगाउने नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले बताए। शनिबार बुढीगंगा गाउँपालिका, कटहरी, ग्रामथान गाउँपालिका,लेटाङ नगरपालिका, रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका र उर्लावारी नगरपालिकाको उम्मेदवार टुंगो लगाएर प्रदेश कमिटीलाई सिफारिस गरेको खतिवडाले जानकारी दिए। उनका अनुसार टुंगो लागेका उम्मेदवारहरूमा रतुवामाई नगरपालिकाको मेयरमा दुर्गा विष्ट र उपमेयरमा दमायन्त चुडाल, उर्लाबारी नगरप्रमुखमा गंगा खरेल र उप्रमुखमा मिनु पौडेल छिन्।

यस्तै लेटाङ नगरप्रमुखमा भुपेन्द्र लावती र उपप्रमुखमा कृष्णकुमारी निरौला, बुढीगंगा गाउँपालिका प्रमुखमा बलभद्र सरदार र उपप्रमुखमा तुलसा विष्ट, ग्रामथान गाउँपालिका प्रमुखमा निवर्तमान प्रमुख शिवनारायण माझी र उपप्रमुखमा गुणावती धामी, कटहरी गाउँपालिका प्रमुखमा सुवास सरदार र उपप्रमुखमा सीता राजबंशी, सुनवर्षी नगरपालिका प्रमुखमा श्याम गनगाई र उपप्रमुखमा मिराकुमारी दास तथा रंगेली नगर प्रमुखमा हालका प्रमुख दिलिप बगडिया र उपप्रमुखमा भुमा पराजुली निरौलाको नाम पक्का भएको सचिव खतिवडाले वताए।  

उम्मेदवार टुंगो लाग्न बाँकी पालिकाहरूमा धनपालथान, केरावारी, पथरीशनिश्चरे, वेलवारी, सुन्दरहरैंचा नगरपालिका, कानेपोखरी, मिक्लाजुङ र जहदा गाउँपालिका छन्। उम्मेदवार टुंगो लगाउन बाँकी स्थानीय तहहरूमा पनि सहमति नजिक पुगिसकेकाले आइतबार विहानसम्ममा प्रदेश समितिलाई सिफरिस गर्ने खतिवडाले बताए।

प्रकाशित: १० वैशाख २०७९ १४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App