१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाल बार एसोसिएसनमा गोपालकृष्ण घिमिरेको प्यानल विजयी

नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्। आज दिउँसो सकिएको मतगणनाअनुसार सत्तागठबन्धनबाट अध्यक्षका उम्मेदवार घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्।

घिमिरेका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत ल्याएका छन्। महासचिवमा अन्जिता खनाल विजयी भएकी छिन्। खनालले ३६ सय ८२ मत ल्याएकी छिन्। उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन्।

अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ। घिमिरे गठबन्धनका तर्फबाट चुनाव लडेका थिए भने अधिकारी प्रगतिशील समूहबाट उम्मेदवार थिए। उनको प्यानल नै पराजित भएको छ।

२६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबाट घिमिरे अध्यक्षका उम्मेदवार बनेका थिए।

घिमिरे कांग्रेसको १४ औं महाधिवेशन केन्द्रीय निर्वाचन समिति संयोजकबाट राजीनामा दिएर बारको निर्वाचनमा अध्यक्ष उठेका थिए। घिमिरे डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष पनि हुन्।

प्रकाशित: २५ चैत्र २०७८ १०:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App