९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे चिनियाँ विदेशमन्त्री

तीन दिवसीय नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। आज (शनिबार) सिंहदरबारमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपाली प्रतिनिधि मण्डलसँग द्विपक्षीय भेटवार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।  

सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता भएको थियो। सो क्रममा नेपाल र चीनबीच नौ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ।

शुक्रबार नेपाल आइपुगेका विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ।

प्रकाशित: १२ चैत्र २०७८ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App