लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा उठाइएको मुद्दा पुरा गर्न पुनः आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
बिहीवार पर्साको वीरगञ्जमा चुनावलक्षित गरी आयोजना गरिएको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले मधेस आन्दोलनमा पीडित भएकाहरुको मुद्दा, मधेस आन्दोलनकै ऐतिहासिक रुपमा स्थापित गराउन सकिए पनि पुरा हुन नसकेको बताए।
उनले मधेस आन्दोलनमा उठाइएको केही मुद्दा सम्बोधन भएको र केही हुन बाँकी रहेकाले संषर्घ गर्नुपरेको पनि स्पष्ट पारे। अध्यक्ष ठाकुरले विभिन्न किसिमको मुद्दामा लगाईएका नेताहरु अहिले अदालतमा तारिखमा, थुनुवा र कार्यकर्ताहरु जेलमा रहेकाले अब उनीहरुलाई छोड्ने गरी संषर्घ गर्न नेताहरुलाई निर्देशन दिए।
उनले अहिले पनि मधेश आन्दोलनमा समाहित भएकाहरु सरकारको मुद्दा खेपिरहेको बताउँदै मधेश अहिले पनि आतंकबाट मुक्त नरहेको जिकिर समेत गरे।
प्रकाशित: १० चैत्र २०७८ १२:५२ बिहीबार