१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

१८ गतेको नेपाल बन्द फिर्ता

काठमाडौं–नेकपा माओवादीले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले मंगलबार एक विज्ञप्ती जारी गरी नेपाल बन्दलगायतका कार्यक्रम फिर्ता लिएको बताएका हुन्।
नेकपा माओवादीले लगानी बोर्डका कार्यकारी अधिकृत  राधेश पन्तको घरमा कोलो झण्डा गाडेर फर्किने क्रममा प्रहरीले  पदम राई, इश्वरीप्रसाद दाहाललगायतका नेतालाई पक्राउ गरेपछि नेकपा माओवादीले चैत १८ गते नेपालबन्दलगायतका कार्यक्रम सार्वजनिक गरेको थियो। पक्राउ परेका नेता रिहा भएपछि नेपाल बन्दलगायतको कार्यक्रम फिर्ता लिएको माओवादीले जनाएको छ।
 
चन्द नेतृत्वको माओवादीले राष्ट्रहित विपरित अपर कर्णाली, माथिल्लो मर्स्याङ्गदी, अरुण तेस्रो लगायतका विद्युत परियोजना निर्माण, उत्पादन र उत्पादित विलुजी बिक्रीको जिम्मा भारतीय नीजि कम्पनी जीएमआरलाई दिन आवश्यक पर्ने सम्पूर्ण प्राविधिक, योजनागत परियोजनाको तयारी लगानी बोर्डका मुख्य अधिकृतको हैसियतमा पन्तले गरेको भन्दै उनको घरमा कालो झण्डा गरेको थियो। चन्द नेतृत्वकाे माअाेवादीले यसअघि पनि ग्याँस नियन्त्रणामा लिएर वितरण गरेकाे थियाे भने चितवनमा करिव दुई सय राेपनी जग्गा कब्जा गरिसकेकाे छ । 

प्रकाशित: १० चैत्र २०७१ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App