१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचनमा १ करोड ७९ लाख मतदाता

निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा झन्डै १ करोड ७९ लाख मतदाता हुने जनाएको छ। आयोगले आइतबार पत्रकार सम्मेलन गरेर वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था मिलाएको जनाएको हो।

‘२०७९ वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा १ करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ,’ आयोगले भनेको छ, ‘पहिलोपटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी १८ वर्ष उमेर पुग्ने दिनलाई ‘कट अफ डेट’ मान्दा मतदाता नामावलीमा नाम समावेश भएका करिब थप २ लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चित भएको छ।’

२०७४ सालको निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता कायम रहेको जनाउँदै आयोगले पछिल्लो पाँच वर्षमा २५ लाख नयाँ मतदाता थपिएको जनाएको छ। २०७७ पुस ५ गतेलाई कायम गर्दा १ करोड ६२ लाख ४३ हजार ११० जना मतदाता हुने उल्लेख छ। 

संविधान तथा कानुनअनुसार अन्तिम मतदाता नामावली तयारी, निर्वाचन सामग्रीको व्यवस्थापन, निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्तासहितको काम गर्नेछ। आयोगले निर्वाचन पर्यवेक्षण तथा अनुगमनको व्यवस्थापन, मतपत्र व्यवस्थापन, उम्मेदवारको मनोनयनपत्र दर्ता, निर्वाचन चिह्न प्रदानसहित मतदान, मतगणना तथा परिणाम घोषणा गर्नेलगायत क्रियाकलाप समावेश गरी निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ।

प्रकाशित: २ फाल्गुन २०७८ ०४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App