१६ चैत्र २०८० शुक्रबार
राजनीति

कमल थापा राप्रपा नेपालको अध्यक्ष

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष भएका छन्।

निर्वाचन आयोगमा राप्रपा नेपाल दर्ता गराएका लाक्पा तामाङले आइतबार थापालाई राप्रपा नेपाल जिम्मा लगाएका छन्। आइतबार नै तामाङले राजीनामा गरे अनि थापा अध्यक्ष भए। राप्रपा नेपालले हिन्दु राष्ट्र, सुशासन र समृद्धिलाई पार्टीको मूल अजेन्डा बनाउने थापाले बताएका छन्।

थापा यसअघि पनि राप्रपा नेपालको अध्यक्ष थिए। तत्कालीन राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि राप्रपा नेपाल विघटन गरिएको थियो। त्यसको एक वर्षपछि लाक्पा तामाङले राप्रपा नेपाल दर्ता गराएका थिए। आयोगमा दर्ता भएको राप्रपा नेपालको नेतृत्व थापाले लिएका छन्। उनले यही फागुन ७ गते काठमाडौंमा घोषणासभा गर्ने थापानिकट नेताहरूले जानकारी दिएका छन्।

प्रकाशित: २ फाल्गुन २०७८ ०१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App